शेयर बजारमा अस्वभाविक वृद्धि भएकोमा पूर्व अर्थमन्त्रीको आशंका, आम लगानीकर्ता फस्ने जोखिम

१८ श्रावण २०८१, शुक्रबार १५:१०

काठमाडौं । अर्थसमितिको शुक्रबारको बैठकमा सांसदहरुले अर्थमन्त्री बिष्णु पौडेलसँग छलफल गरेका छन् । उनले आज भएको अर्थसमितिको बैठकमा बुलिस वियरिस ट्रेण्डमा शेयर लगानीकर्ताहरुलाई गम्भीर भएर कारोबार गर्न पूर्व अर्थमन्त्री डा। प्रकाशशरण महत सुझाव दिएका छन् ।

उनले नेपाली काँग्रेस तथा नेकपा (एमाले) को सरकार मिलेर बनेको दुई ठूला राजनीतिक दलबाट अर्थमन्त्री बनेका बिष्णु पौडेलले प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा पूर्व अर्थमन्त्रीले शेयर बजारमा स्थायित्व कायम रह्न्छ वा रह्दैन त्यो भने हेर्न नै बाँकि रहेको हाल बजारमा रौनकता छाएको बिषयमा अर्थमन्त्रीलाई ध्यानाकर्षण समेत गराएका छन् ।

पछिल्लो समय कम्पनीको अवस्था नबुझी बढेको बजारमा लगानीकर्ताहरु उत्साहित देखिन्छ । अस्वभाविक रुपमा बढेको बजारमा लगानीहरु फस्ने डर पनि रहेको उनले बताएका थिए । बुलिस र वियरिस ट्रेण्डमा शेयर बजारमा बढीरहेको यसप्रति गम्भीर भएर लगानी गर्न लगानीकर्ताहरुलाई सुझाव दिएका छन् ।

नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले हालैका दिनमा धितोपत्र बजारमा भित्री कारोबार भएकोले सच्याउनु पर्ने बताएका छन् । उनले भने,वित्तीय विवरण कमजोर भएको कम्पनीको शेयरमूल्य दोब्बर हुनुको कारण के हो ? हल्लाको भरमा शेयर बजार बढिरहेको छ। बजार बढ्यो भनेर रमाउने मात्र कि साना लगानी कर्ता फसे भनेर सचेत पनि हुने हो ?
उनले भने, दुई ठूला दल मिलेर सरकार बनाउँदा स्थायीत्वको कुराले सकारात्मक सन्देश दिए पनि शेयर बजारमा आएको अस्वभाविक वृद्धि गम्भिर छ। यसमा चलखेल भएको हुन सक्ने अनुमान समेत गरेका छन् ।

One thought on “शेयर बजारमा अस्वभाविक वृद्धि भएकोमा पूर्व अर्थमन्त्रीको आशंका, आम लगानीकर्ता फस्ने जोखिम

  1. राक्षस says:

    भाइ रा बैंक में काेंन है ओर अर्थ मन्त्री काैन है?मालुम काैन है?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*