एमालेका सांसद चौलागाईको कोरोनाबाट निधन

काठमाडौं । एमालेका नेता तथा बागमति प्रदेशका सांसद पशुपति चौलागाईको आज कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ । राजधानीको मनमोहन अस्पतालमा नेता चौलागाईकोे निधन भएको सो पार्टी स्रोतले जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमणपछि चौलागाईको राजधानीको मनमोहन अस्पतालमा...


शेयर कारोबार नरोकिने, ब्रोकर कार्यालय भने बन्द हुने

काठमाडौं । एकै दिन २२५ जनाको कोरोना भाइरसबाट मृत्यु भएपछि काठमाडौं प्रशासनले भोलिबाट सकडमा कडा गर्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी सूचना अनुसार भोलिबाट स्टक ब्रोकर अफिसहरु खोल्न पाइने छैन । स्टक ब्रोकरका कार्यालयहरु खुल्ला गर्न अनुमति नभएपनि...


भोलिबाट सबै बीमा कम्पनीहरु बन्द गर्ने उपत्यका प्रशासनको निर्णय, सरकारी र संस्थानहरु समेत बन्द हुने

काठमाडौं । राजधानी उपत्यकामा भोलिबाट बीमा सेवा बन्द हुने भएको छ । आज बसेको तीन वटा प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भोलिबाट राजधानी उपत्यकामा अत्यावश्यक सेवा प्रवाह गर्ने निकाय सहितका बीमा, सार्वजनिक निकाय समेत बन्द गर्ने निर्णय गरेको हो ।...


रगत अभाव भएपछि जेठ १ गते आकस्मिक रक्तदान कार्यक्रम संचालन हुँदै

काठमाडौं । रगतको चरम अभाव भएका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण रगतको अभाव हुन थालेपछि जेठ १ गते, शनिबार काठमाडौंको रातोपुल नजिकै आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न...


share

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचीकृतमध्ये आज २ सय २० कम्पनीका १ करोड ८ लाख १९ हजार ५३५ कित्ता सेयर ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँमा शेयर कारोबार भएको छ।आज पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार...


२७ अंकले बढ्यो नेप्से, नेपाल पुनर्बीमा कम्पनीको मात्रै ७६ करोडको शेयर कारोबार

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा एक करोड आठ लाख १९ हजार ५३५ कित्ता शेयर खरिद बिक्री भएको छ । शेयर मूल्य बृद्धि भएकोले नेप्से परिसूचक २७.४७ अंकले बृद्धि भएको छ । नेप्से परिसूचक २६७३.३१ पुगेको छ । आजको...


बीमा कम्पनीको संस्थापक शेयर पाँच वर्षसम्म फ्रिज हुने, ऋण लिन र बिक्री गर्न नपाइने

काठमाडौं । बीमा समितिले आज जारी गरेको बीमक कम्पनीको संस्थापक शेयर लगानी सम्बन्धी निर्देशिका बीमा कम्पनीका संस्थापक शेयरधनीहरुलाई निकै अप्ठेरो पार्ने देखिएको छ । नयाँ व्यवस्था अनुसार बीमा कम्पनीले कारोबार सुरु गरेको ५ वर्ष अवधीसम्ममा संस्थापक शेयर बिक्री गर्न...


बीमा कम्पनीहरुको संस्थापक शेयर खरिद-बिक्रीमा कडाई, बीमा समितिको पूर्व स्वीकृति अनिवार्य

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको संस्थापक शेयर खरिद बिक्रीमा कडाई गरेको छ । समितिले आज जारी गरेको बीमकको संस्थापक शेयर शेयर कारोबार सम्बन्धी निर्देशिका २०७७ अनुसार आजदेखि कुनै पनि बीमा कम्पनीको एक प्रतिशतभन्दा बढि संस्थापक शेयर खरिद बिक्रीका...


किस्ता नतिरेको आरोपमा फरवार्ड लघुवित्तका कर्मचारीद्वारा महिला कुटपिट

काठमाडौं । किस्ता नतिरेको भन्दै सुनसरीको देवागञ्जमा एक वृद्धा महिलामाथी कुटपिट भएको छ । देवागञ्ज गाउँपालिका–६ की फूलकुमारी मेहतालाई किस्ता नतिरेको भन्दै फरवार्ड लघुवित्त वित्तीय संस्थाका दुई कर्मचारीले शनिबार कुटपिट गरेका हुन् । फरवार्ड सामुदायिक लघुवित्तले पनि घटना घटेको...


इन्फिनीटी लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा इन्फिनीटी लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ३ लाख २५ हजार ९९ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । शेयरधनीले अब शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न...


अपि पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । अपि पावर कम्पनीको २९ प्रतिशत हकप्रद प्रायोजनको लागि आज अन्तिम दिन रहेको छ । कम्पनीले तोकिएको हकप्रद सुरक्षित गर्न वैशाख २८ गतेसम्मको मिति तोकिएको हो । वैशाख २९ बाट बुक क्लोज गर्ने भएकोले आजसम्म कायम शेयरधनीले हकप्रद...


एभरेष्ट इन्स्योरेन्सको बुक क्लोज भोलि, आजसम्म शेयर किन्नेले लाभांश पाउने

काठमाडौं । एभरेष्ट इन्सुरेन्सको ८.४२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मिति रहेको छ । कम्पनीले भोलि बुक क्लोजको मिति तोकेकोले आजसम्म शेयर किन्नेहरुले उक्त लाभांश प्राप्त गर्नेछन् । कम्पनीले मिति २०७८ जेठ १० गते बस्ने वार्षिक साधारण सभाबाट...


बीमा समितिद्धारा मुद्धती निक्षेपमा बोलकबोल

काठमाडौं । बीमा समितिले मुद्दती निक्षेपमा लगानी गर्ने वाणिज्य बैंक तथा विकास बैंकलाई शिलबन्दी प्रस्ताव बुझाउन आह्वान गरेको छ । समितिले बैशाख २७ गते एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । इच्छुक वाणिज्य बैंक तथा विकास बैंकले...


चिलिमे हाइड्रोपावरको खुद नाफा २.९२ प्रतिशतले घट्यो

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी (CHCL)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसमा २ प्रतिशतले नाफा घटेको देखाइएको छ । कम्पनीको आर्थिक वर्षको खर्च बढ्दा नाफा घट्न गएको हो । चालु आर्थिक वर्षको तेस्रो...


महिला सहयात्रा लघुवित्तको मुनाफा ८५५% ले बढ्यो, अन्य सूचांक कस्तो ?

काठमाडौं । मकवानपुरको चित्लाङ केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको मुनाफा ८५५ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा महिला सहयात्रा लघुवित्तको खुद नाफा ८५४.९१% ले बढेर चार करोड ३९ लाख ४५ हजार...


एनआरएन इन्फ्रास्टक्टर डेभलपमेन्ट फण्डको मुनाफा एक करोड ७२ लाख, प्रतिशेयर आम्दानी पौने दुई रुपैयाँ अन्य सूचांक कस्तो ?

काठमाडौं । यसै वर्ष आईपिओ निष्काशन गरेको एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट फण्डको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले एक करोड ७२ लाख १२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । कूल...


नेपाल इन्स्योरेन्स कम्पनीको कमब्याक, मुनाफ–बीमा शुल्क आम्दानीसहितका सबै सूचांकमा प्रगति

काठमाडौं । नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले विगत केही समयदेखि खस्किएको व्यवसायमा सुधार ल्याएको छ । कम्पनीले चालु आवको नौ महिनाको वित्तीय विवरणमार्फत निर्जिवन बीमा व्यवसायमा कमब्याक भएको संकेत दिएको हो । कम्पनीको मुनााफा २६.८८ प्रतिशतले बृद्धि...


उत्कृष्ट बन्दै रिलायबल नेपाल लाइफ, खुद बीमा शुल्क झण्डै दोब्बर, जीवन बीमा कोषमा दुई अर्ब ३७ करोड

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विववरणमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उत्कृष्ट बन्दै गएको देखिएको छ । आज प्रकाशित गरेको विवरण अनुसार कम्पनीको जीवन बीमा व्यवसाय दोब्बर बृद्धि भएको देखिएको छ । समीक्षाा अवधीमा कम्पनीले खुद...


कोरोना महामारी झन् भयावह बन्दै, नेपालमै एकै दिन १३९ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको प्रकोप झनै भयाबह बन्दै गइरहेकोछ । सोमबार एकै दिन नेपालमा १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका विभिन्न स्थानमा रहेका अस्पतालमा सो संख्यामा मानिसहरुको मृत्यु भएको हो । यस...


राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले ऋणपत्र जारी गर्न बोर्डबाट पायो अनुमति

काठमाडौं । धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ बराबरको गर्न अनुमति दिएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल २५...