इजरायलले नेपालबाट १३ सय केयरगिभर र एक हजार कृषि श्रमिक लैजाने

२१ आश्विन २०८०, आईतवार १०:१२

काठमाडौं । प्यालेस्टाइनी विद्रोहीको निशानामा रहेको इजरायलले फेरि २३ सय नेपाली श्रमिक माग गरेको छ । इजरायलले नेपाली श्रमिक लैजान सरकारी स्तरमै श्रम सम्झौता गरेको छ ।

सम्झौता अनुसार अब इजरायलले एक हजार तीन सय केयरगिभर र एक हजार जना कृषि श्रमिक लैजाने प्रस्ताव नेपाल सरकारलाई गरेको छ ।

इजरायलले माग गरेका दुई हजार तीन सय श्रमिक मध्ये एक हजार तीन सय केयरगिभर पठाउने प्रक्रिया तत्काल सुरु हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सम्बन्धित शाखा प्रमुख डम्बर बहादुर सुनुवारले बताए ।

माग गरिएका कामदार पठाउने सन्दर्भमा मन्त्रालय र इजरायलका अधिकारीबीच पहिलो चरणको वार्ता समेत सकिएको उनले बीमापोष्टलाई जानकारी दिए । यो पल्ट इजरायलको केयरगिभर भर्ना प्रक्रिया सहज बनाउने योजना बनाएको छ ।

आवेदकको संख्या धेरै हुँदा भौतिक रुपमा परीक्षामा धेरै कठिनाई हुने गरेको अनुभव मन्त्रालयले यसअघि गरिसकेको छ । यसअघि नेपालबाट ११ सय केयरगिभर इजरायलले लगिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*