नाडा अटो शो अब अनलाइनबाट हुने

१९ आश्विन २०८०, शुक्रबार १२:१३

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नाडा अनलाइन अटो शो गर्ने भएको छ । अशोज १८ गते नाडा र हाम्रो बजार डटकमविच सहकार्य गरी नाडा डिजिटल अटो शो सम्पन्न गर्ने सम्बन्धमा नाडाको सचिवालय टेकुमा एउटा संम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्य सम्पन्न भएको छ ।

उक्त संम्झौता अनुसार डिजिटल अटो एक्सपो गर्ने हाम्रो बजार डटकमले काठमाण्डौको भृकुटी मण्डपमा हालै सम्पन्न नाडा अटो शो २०२३ का सन्दर्भमा भएका सम्पूर्ण गतिविधिहरु बारे नाडा.हाम्रोबजार.कम मार्फत दैनिक रुपमा प्रसारण गर्नेछ ।

उक्त हस्ताक्षर कार्यक्रममा नाडाका तर्फबाट अध्यक्ष डा.धु्रव थापा तथा हाम्रो बजार डटकमका तर्फबाट केएमजी का बजार प्रवन्धक सागर केसीले हस्ताक्षर गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*