नेको इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, हकप्रद प्रस्ताव पारित

१९ आश्विन २०८०, शुक्रबार ११:५६

काठमाडौैं । हकप्रद प्रस्ताव पारित गर्न आयोजना गरेको नेको इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष रोहित कुमार भट्टराईको अध्यक्षतामा सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पुँजीमा २५ प्रतिशत हकप्रद सेयर बिक्री तथा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले प्रवन्धपत्र तथा नियमावलीमा संशोधन प्रस्ताव पारित पनि पारित गरेको छ र उक्त संशोधनहरुमा नियामक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्बन्धि सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

विशेष सभाबाट प्रस्ताव पारित भएको हकप्रद शेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ ।

बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुन्छ । कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि असोज १० गते बुक क्लोज हुने भएकाले असोज ९ गतेसम्म कायम सेयरधनीहरुले मात्र भाग लिन पाएका थिए ।

नेकोको हाल चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ । यस पुँजीमा २५५ हकप्रद सेयर जारी हुँदा चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ भन्दा बढी पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*