बाराही हाइड्रोपावरसहित ४८ कम्पनीको शेयरमूल्य बढ्यो, कुनले कति कमाए ?

१८ आश्विन २०८०, बिहीबार १५:१३

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दाहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ९ अंकले बढेको शेयर बजार आज ११ अंकले घटेर १९५६ को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि आज कारोबार भएका ४८ कम्पनीको शेयरमूल्य बृद्धि भएको छ । बिहीबार बाराही हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ३० प्रतिशतले सबैभन्दा बढी प्रतिशतले बढेको छ ।

यसका साथै, आज इष्टर्न हाइड्रोपावरको ८.२६ प्रतिशत, हिमालयन लघुवित्तको ७.९१ प्रतिशत, प्रोग्रशिभ फाइनान्सको ५.१९ प्रतिशत र अप्पर स्याङ्गे हाइड्रोपावरको लगायका कम्पनीको शेयरमूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*