नेप्सेमा दोहोरो अंकको गिरावट, १२ उपसूचक राताम्मे

१८ आश्विन २०८०, बिहीबार १५:०६

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक ११ अंकले घटेर १९५६ को विन्दुमा कायम भएको छ ।

आज ३५ लाख ६२ हजार ६२४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १० करोड ६५ लाख १९ हजारको कारोबार भएको छ । आज ४८ कम्पनीको शेयरमूल्य बढ्दा १७२ कम्पनीको शेयरमुल्य यघटेको छ ।

नेप्सेमा गिरावट आएसँगै आज १२ वटा उपसूचकमा रातो पोतिएको छ । आज एकमात्र म्युचुअल फण्ड उपसूचक ०.२४ अंकले बढेको छ । आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक १.१७ प्रतिशतले घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*