सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सूर्याेदय वोमी लघुवित्तले संस्थापक शेयरधनीहरुको नाममा रहेको ४४ हजार ४६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले लिला देवी श्रेष्ठको नाममा रहेको २४ हजार ७६५ कित्ता, मेनका देवी श्रेष्ठको नाममा रहेको ९ हजार ८६५ कित्ता र दिव्यश्वरी श्रेष्ठको नाममा रहेको ९ हजार ८६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नागपोखरी नक्साल, काठमाडौंमा वा सूर्याेदय वोमी लघुवित्तको कर्पाेरेट कार्यालय इमाडोल ललितपुरमा आवेदन दिन सक्नेछन् ।
उक्त शेयरको बिक्री मूल्य भने बिक्रीकर्ता संस्थापक शेयरधनीले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।