शाइन रेसुङ्गा विकास बैंकको दुई लाख कित्ता संस्थापक शेयर बिक्रीमा
१८ आश्विन २०८०, बिहीबार १२:२०
काठमाडौं । शाइन रेसुङ्गा विकास बैंक लिमिटेडले शेयरधनी प्रुडेन्सिययल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा।लि को स्वामित्वमा रहेको २ लाख ४ हजार ५३७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले सूचना प्रकाशित मिति (असोज १८) ले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रीय कार्यालय, बुटवल ११ कालिकानगर, रुपन्देहीमा आवेदन दिन सक्नेछन् । बैंकले उक्त शेयरको न्यूनतम मूल्य १४० रुपैयाँ प्रतिकित्ता तोकेको छ ।
साथै, तोकिएको समयावधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने बैंकले जनाएको छ ।