माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा आज बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा

१८ आश्विन २०८०, बिहीबार १०:२०

काठमाडौं । माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभा आज (असोज १८ ) गते बस्दैछ । सभा होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

बैंकलाई गत आवको नाफबाट चुक्तापुँजीको १३।३ प्रतिशत बोनस सेयर र ०।७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लाग) गरेर जम्मा करसहित १४ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले स्वीकृत प्रदान गरिसकेको छ ।

राष्ट्र बैंकको स्वीकृतिपश्चात भदौ २६ गते बसेको बैंकको सञ्चालक समिति बैठकले असोज १८ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । उक्त लाभांश बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ । अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिनका लागि बुक क्लोज गरेको हुंदा असोज ७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*