फेजासँग अर्थमन्त्रीको भेट, महिला आर्थिक पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग गर्ने प्रतिवद्धता

१७ आश्विन २०८०, बुधबार १८:५९

काठमाडौं । महिला आर्थिक पत्रकार संघ (फेजा) ले अर्थमन्त्री डा. प्रकाश शरण महतसँग भेटवार्ता गरेको छ । अर्थमन्त्री महतले महिला आर्थिक पत्रकारहरूको क्षमता विकाससँगै नेतृत्व विकासमा समेत प्राथमिकताका साथ काम गर्न सुझाव दिएका छन् ।

भेटघाट कार्यक्रममा फेजाका अध्यक्ष शर्मिला ठकुरीको नवनियुक्त टोलीलाई अर्थमन्त्रीलाई सफल कार्यकालको शुभकामना दिदैं महिला पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
भेटका क्रममा अर्थमन्त्री महतले महिला आर्थिक पत्रकारहरू संगठित भएकोप्रति सकारात्मक प्रतिक्रिया दिँदै यसले आर्थिक क्षेत्रमा राम्रो प्रभाव पार्ने बताएका छन् ।

महिला पत्रकारहरुको क्षमता विकासको लागि अर्थमन्त्रालयले आगामी दिनमा कार्यतालिका नै बनाएर काम गर्न उनले आग्रह गरेका थिए। त्यसका लागि फेजा सरोकारावाला संस्थासँग समन्वय गर्न तयार रहेको पनि उनले बताए।
उनले आर्थिक महिला पत्रकारहरुको क्षमता विकासका लागि अर्थमन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए ।

फेजाका अध्यक्ष शर्मिला ठकुरीले फेजाको उधेश्यको बारेमा प्रकाश पारेकी थिईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*