पहिलो लाभांश घोषणा गर्ने माछापुच्छ्रे बैंकका यी हुन् ठूला सेयरधनी

१७ आश्विन २०८०, बुधबार १७:५६

माछापुच्छ्रे बैंकमा १९ व्यक्ति तथा कम्पनी ठूला सेयरधनी रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व सुरेन्द्र महतोको छ । बैंकमा उनको १ अर्ब १२ करोड ३२ लाख ४९ हजार २०० रुपैयाँको सेयर स्वामित्व छ । त्यो भनेको समग्र सेयर हिस्साको १०.९५ प्रतिशत हो।

यस्तै बैंकको ठूलो सेयरधनीमा उपेन्द्र महतो पनि रहेका छन् । बैंकमा उनको ९.१४ प्रतिशत अर्थात् ९३ करोड ७१ लाख ८८ हजार रुपैयाँको सेयर स्वामित्व छ ।

बैंकमा प्रेमकुमारी केसीको ८.६८ प्रतिशत अर्थात् ८९ करोड १ लाख ५६ हजार, पीकेआर इन्भेस्टमेन्ट कम्पनीको ६.३५ प्रतिशत अर्थात् ६५ करोड १३ लाख ६० हजार २०० रुपैयाँ, रामआशिष साहूको ४.२४ प्रतिशत अर्थात् ४३ करोड ४४ लाख २ हजार ७०० रुपैयाँको सेयर स्वामित्व छ ।

बैंकमा कृष्णगोपाल श्रेष्ठको २.०६ प्रतिशत अर्थात् २१ करोड १६ लाख ९३ हजार, डा. धर्मराज श्रेष्ठको १.५६ प्रतिशत अर्थात् १५ करोड ९५ लाख ८५ हजार ५००, किरण केसीको १.४६ प्रतिशत अर्थात् १४ करोड ९३ लाख १८ हजार २००, प्रकाश केसीको १.२९ प्रतिशत अर्थात् १३ करोड २६ लाख ४२ हजार २००, रोशन केसीको १.१४ प्रतिशत अर्थात् ११ करोड ६६ लाख ३ हजार ९०० र करण मोटर्स कम्पनीको १.१२ प्रतिशत अर्थात् ११ करोड ५२ लाख ५७ हजार ५०० रुपैयाँको सेयर स्वामित्व छ ।

त्यस्तै रामजानकी इन्भेष्टमेन्ट एन्ड पेट्रोलियम सप्लायर्स प्रालिको ०.९९ प्रतिशत अर्थात् १० करोड १८ लाख ६२ हजार ६००, एसोसिएटेड अटोमोबाइल्सको ०.८३ प्रतिशत अर्थात् ८ करोड ४६ लाख ८२ हजार ५००, गणेशबहादुर श्रेष्ठको ०.७३ प्रतिशत अर्थात् ७ करोड ५० लाख ७ हजार ३००, श्री हिमालयन इन्टरप्राइजेजको ०.६१ प्रतिशत अर्थात् ६ करोड २९ लाख २४ हजार, वीरेन्द्रप्रसाद महतोको ०.६० प्रतिशत अर्थात् ६ करोड १७ लाख २४ हजार ९००, परमेश्वर पोखरेलको ०.५५ प्रतिशत अर्थात् ५ करोड ६७ लाख ६९ हजार, राजनलाल श्रेष्ठको ०.५२ प्रतिशत अर्थात् ५ करोड ३३ लाख ४४ हजार र दिनेशलाल श्रेष्ठको नाममा ०.५१ प्रतिशत अर्थात् ५ करोड २१ लाख ७० हजार २०० रुपैयाँको सेयर स्वामित्व रहेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*