नेपाल क्लियरिङ हाउसमा रोजगारको अवसर
१७ आश्विन २०८०, बुधबार ११:४४
काठमाडौं । नेपाल क्लियरिङ हाउसले १६ जना कर्मचारीका लागि आवेदन खुलाएको छ ।
कम्पनीले एनालिष्ट, सिनियर एनालिष्ट–कार्ड स्विचका लागि २ जना, पेमेन्ट सिस्टम एनालिष्टमा ४ जना, डेभोप्स इन्जिनियरमा १, टेक्निकल एनालिष्टमा १, जुनियर डेभलपर÷डेभलपर जाभामा ३, बिजनेश एनालिष्टमा १, जुनियर डाटाबेस एडमिनिष्ट्रेटरमा १, एक्सक्युटिभ– रिस्क एण्ड कम्प्लाएन्समा १ र फेलोसिप–इन्फ्रान्सट्रक्चर एण्ड टेक्नोलोजी, अप्रेशन्स सपोर्टमा ३ जना कर्मचारी माग गरेको हो ।
आवेदन दिन योग्य एवम् इच्छुक व्यक्तिले आवश्यक कागजातसहित कार्तिक १ गतेसम्म http://www.nchl.com.np मार्फत आवेदन दिन सक्नेछन् ।