असोज २९ गतेदेखि मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयरमा आवेदन दिन सकिने

१७ आश्विन २०८०, बुधबार १०:४१

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ । फाइनान्सले अवितरित हकप्रद शेयरमा असोज २९ गतेदेखि आवेदन दिन सकिने भएको छ ।

फाइनान्सले संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहतर्फको ६० हजार ६५० कित्ता शेयर शिलबन्दी बोलपत्र प्रक्रियामार्फत बिक्री गर्न लागेको छ । सो शेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरुले असोज २९ गतेदेखि कात्तिक १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

शेयरको न्यूनतम मूल्य प्रतिशेयर १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । संस्थापक समूहतर्फको शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन्। त्यस्तै, सर्वसाधारण समूहतर्फको लागि न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

फाइनान्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*