नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१७ आश्विन २०८०, बुधबार १०:२९

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको लाभांश सुरक्षित गर्ने आज असोज १७ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि असोज १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आज असोज १७ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

सञ्चालक समितिको गत भदौ २९ गते बसेको बैठकले आर्थिक वर्ष २०७८–७९को चौथो वार्षिक साधारणसभा यही असोज २६ गते आयोजना गर्ने निर्णय गरेको छ । सभा पर्वतको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा दिउँसो १ः३० बजेबाट सुरु हुनेछ ।

सभाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित कायम कायम चुक्तापुँजी २५ करोड ५० लाख रुपैयाँको १७.९३४२ प्रतिशतले हुन आउने ४ करोड ५७ लाख ३२ हजार २१० रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*