अपि पावर कम्पनीको ११ लाख ९४ हजार कित्ता लिलामी बिक्री खुला

१७ आश्विन २०८०, बुधबार ०९:१२

अपि पावर कम्पनीले आजदेखि ११ लाख ९४ हजार ९३४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद असोज २४ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले साउन ३१ देखि भदौ १९ गतेसम्म १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता ४०५ हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सर्वसाधारण समूहको सेयर कम्पनीले अब लिलामीमा ल्याएको हो ।

One thought on “अपि पावर कम्पनीको ११ लाख ९४ हजार कित्ता लिलामी बिक्री खुला

  1. Rajendra says:

    Kasaile kinna milxa malie clear bhani dinus

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*