संसदमा रास्वपा सांसदले धितोपत्र बोर्डको उडाए ध्वज्जी, सपार्नेमा ‘ढिलोपत्र’, बिगार्नलाई ‘छिटोपत्र’

१६ आश्विन २०८०, मंगलवार १७:३६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद हरि ढकालले धितोपत्र बोर्ड नचाहिने ठाउँमा बाँठो भइरहेको र गर्नु पर्ने काम फिटिक्कै नगरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको विषेश समयमा बोल्दै उनले व्यग्यात्मक ढंगले भने, ‘गलत नियुक्तिको सिकार भएको धितोपत्र बोर्ड बेकामे भएको छ । त्यो धितोपत्र बोर्डलाई मैले ढिलोपत्र बोर्ड भन्ने गरेको छुँ । तर, कहिँ कहिँ त्यो छिटोपत्र बोर्ड भएको छ । जस्तो नगेटिभ नेटवर्थ भएका कम्पनीहरुलाई भटाभट आईपीओ बाँडिरहेको छ । त्यहाँ चाहिँ छिटोपत्र बोर्ड बनेको छ । त्यहाँ जरो छ नि त ! केहि न केहि छ ।’

अर्थमन्त्री निदाइरहेको टिप्पणी गर्दै सांसद ढकालले नेपालको पूँजी बजार ध्वस्त भएर लगानीकर्ताले खर्बौँ रकम गुमाइसकेको बताए । उनले भने, ‘एक महिनामा राज्यलाई ३ अर्ब २५ करोड राजस्व तिरेको पूँजी बजार ध्वस्त हुँदा पनि नियामकलाई मतलब छैन । कसले हेर्ने हो यो ?’
उनले दूषित मनसाय राखेर नियामक निकायमा गरिएका नियुक्तिले गर्दा अर्थतन्त्र तहसनहस भएको समेत आरोप लगाए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*