धितोपत्र कारोबार गर्दा यी कुरामा ध्यान दिनुहोस्

१६ आश्विन २०८०, मंगलवार १७:०४

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले धितोपत्र कारोबार सम्बन्धि जनचेतना मुलक सूचना सार्वजनिक गरेको छ । सूचनामा लगानीकर्ताले ध्यान दिनु पर्ने थुप्रै कुरा उल्लेख गरिएको छ ।

प्रकाशित सूचना अनुसार लगानीकर्ताले हितग्राही खाता तथा मेरो शेयर प्रत्येक वर्ष नविकरण गर्नु पर्ने हुन्छ । साथै, मेरो शेयरको युजरनेम र पासवर्ड लगायत हितग्राही खाता सँग सम्बन्धित विवरण गोप्य राखि सिडिएसको आधिकारिक प्रणाली मात्र प्रयोग गर्नू पर्ने हुन्छ ।

धितोपत्र सार्वजनिक निष्काशनमा एक भन्दा बढी हितग्राहीबाट आवेदन गर्न हुदैन । सिडिएसका अनुसार घरायसि तथा मृत्यु नामसारी गर्दा सम्बन्धित निक्षेप सदस्य मार्फत आवश्यक कागजात रुजु गराई सोही निक्षेप सदस्य मार्फत प्रकृया अगाडि बढाउनु पर्ने हुन्छ ।

त्यस्तै, सार्वजनिक निष्काशनमा आएका धितोपत्र सम्बन्धि पर्याप्त जानकारी लिई मात्र लगानी गर्नुपर्ने र धितोपत्र कारोबार गर्दा हुने जोखिम लगायत अन्य पर्याप्त जानकारी लिएर मात्र कारोबार गर्नुपर्ने हुन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*