एनएलजी इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने (सूचनासहित)
१६ आश्विन २०८०, मंगलवार १३:५२
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिने निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यही असोज २४ गतेदेखि अभिकर्ता तालिाम सञ्चालन गर्ने जानकारी दिएको हो ।
उक्त तालिम असोज २४ गतेदेखि २६ गतेसम्म कम्पनीको केन्द्रीलय कार्यालय लाजिम्पाट काठमाडौमा सञ्चालन हुने भएको छ । तालिम बिहान १० बजेदेखि सञ्चालन हुने कम्पनीले जनाएको छ ।
उक्त निर्जीवन बीमा अभिकर्ता तालिममा शैक्षिक योग्यता पुगेका व्यक्ति तथा संस्थाहरुले एक हजार रुपैयाँ नगद सहित कम्पनीको केन्द्रीय कार्यालय वा क्षेत्रिय कार्यालयमा असोज २२ गते भित्र सम्पक गर्न कम्पनीले आग्रह गरेको छ ।