‘एनआईसी एसिया ग्रोथ फन्ड–२’ लाई इकाइहरु निष्काशनको लागि बोर्डले दियो अनुमति

१६ आश्विन २०८०, मंगलवार ११:२५

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप एक म्युचुअल फण्डलाई इकाईहरु निष्काशनको अनुमति दिएको छ । बोर्डले ‘एनआईसी एसिया ग्रोथ फन्ड–२’ लाई इकाईहरु निष्काशनको अनुमति दिएको हो ।

एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित उक्त फण्डले एक अर्ब रुपैयाँ बराबरको १० रुपैयाँ अंकित दरका १० करोड इकाईहरु निष्काशन गर्ने भएको छ ।

यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा एनआईसी एसिया क्यापिटल र कोष प्रवर्द्धकमा एनआईसी एसिया बैंक रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*