बेनी हाइड्रोपावरले आईपीओ निष्काशन गर्न बोर्डमा दियो आवेदन

१६ आश्विन २०८०, मंगलवार ११:१०

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो ।

धितोपत्र बोर्डमा कम्पनीले १ सय रुपैयाँ अंकित दरका कुल २० लाख ८० हजार कित्ता बराबरको २० करोड ८० लाख रुपैयाँको आईपीओ निष्काशनको लागि निवेदन दिएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली तथा दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्नेछ ।बेनी हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*