भिजन लुम्बिनीले गर्‍यो वैदेशिक रोजगारमा रहेका नेपालीलाई दिएको शेयर बाँडफाँड

१६ आश्विन २०८०, मंगलवार १०:३०

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको साधारण शेयर बाँडफाँड तथा फिर्ता भुक्तानी गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९१ करोड २५ लाखको १० प्रतिशतले हुन आउने १९ करोड १२ लाख ५० हजार रकम बराबरको रु १०० अंकित दरको १९ लाख १२ हजार ५०० कित्ता साधारण शेयरको १० प्रतिशतले हुन आउने १ लाख ९१ हजार २५० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि बिक्री खुल्ला गरिएको थियो ।

सो अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरुलाई कम्पनीको १ लाख ९१ हजार २५० कित्ता साधारण शेयरहरु असोज १५ गते सोमबार बाँडफाँड गरिएको हो । शेयर बाँडफाँड सम्बन्धि विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको वेबसाइट www.muktinathcapital.com अथवा सिडिएस एण्ड क्लियरिङ्गको वेबसाईट www.iporesult.cdsc.com.np बाट हेर्न सकिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*