थानकोटमा अख्तियारको छापा, २५ हजार घुससहित महिला पक्राउ
१६ आश्विन २०८०, मंगलवार ०८:४७
काठमाडौं । भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले थानकोटस्थित चन्द्रागिरी नगरपालिकामा स्ट्रीङ अपरेशन गरेको छ । त्यस क्रममा चन्द्रागिरी नगरपालिकाकी कर्मचारी बिजया लक्ष्मी पन्त २५ हजार घुससहित रंगेहात पक्राउ परेकी छिन् ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार चन्द्रागिरी नगरपालिका ११, सतुंगलमा सोमबार साँझ ईन्जिनियर बिजया लक्ष्मी पन्तले सेवाग्राहीसँग घुस रकम माग गरेकी थिईन् । आयोगको टोलीले चन्द्रागिरी-१४ नम्वर वडामा कार्यरत पन्तले घुस मागेपछि रकम लिन साँझ सतुंगलस्थित एक स्थानमा सेवाग्राहीलाई बोलाएकी थिइन् ।
ति महिला कर्मचारीले घुर रकम लिने वित्तिकै आयोगका कर्मचारीहरुले पक्राउ गरेका थिए । आयोगले पक्राउ गरे लगत्तै उनको हात धुन लगाइएको थियो । घुस लिने हात रातो भएको थियो ।