सोनापुर मिनरल्सको आईपीओमा आजसम्म कति पर्यो आवेदन ?
काठमाडौं । सोनापुर मिनरल्सको आईपीओमा आजसम्म ४ लाख ९९ हजार ५७५ आवेदकले ५८ लाख ८५ हजार ५०० कित्ता शेयरका लागि १ अर्ब ३९ करोड ८२ लाख ७७ हजार ९० रुपैयाँको आवेदन दिएका छन् ।
कम्पनीले असोज १४ गतेदेखि दोस्रो चरणमा सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पाका स्थानिय बासिन्दाहरुका लागि १०० अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता र १२ लाख १६ हजार ५६८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि बाँडफाँड सम्पन्न गरेको छ ।
कम्पनीले सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कम्पनीका कर्मचारीहरुका लागि ६ लाख ८ हजार २८४ कित्ता सुरक्षित गरि प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी कुल २३७ रुपैयाँ ५८ पैसामा सर्वसाधारणका लागि ९७ लाख ३२ हजार ५४४ कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीको आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन । कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।