नयाँ स्टक एक्सचेन्जबाट भोलि अर्थ समितिमा छलफल हुँदै
१५ आश्विन २०८०, सोमबार १६:३०
काठमाडौं । भोलि विहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे छलफल हुने भएको छ ।
अर्थ समितिका अनुसार भोलि विहान बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, अर्थ सचिव कृष्णहरि पुस्करसहितको छलफलमा नयाँ स्टक एक्सचेन्जबारे छलफल हुन लागेको हो ।
त्यसैगरी, भोलिबस्ने अर्थ समितिको बैठकमा १६ औं पञ्च बर्षिय योजना, मौद्रिक नीतिको समीक्षा र चालु आवको बजेट सम्बन्धमा पनि छलफल हुँदैछ ।
शेयर बजार लगातार घटिरहेको बेला अर्थ समितिमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको बारेमा छलफल हुन लागेको हो ।
-फाइल तस्विर