सयपत्री हाइड्रोपावरको शेयरमूल्यमा आजपनि सकारात्मक सर्किट, अन्य कुलले कति कमाए ?
१५ आश्विन २०८०, सोमबार १५:०६
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन दाहोरो अंकले घटेको शेयर बजार आज ५ दशमलव १९ को अंकले बढेर १९७६ को विन्दुमा कायम भएको छ ।
सोमबार शेयर बजार बढेसँगै सयपत्री हाइड्रोपावरको शेयरमूल्यमा आज पनि सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य ४२ रुपैयाँले बृद्धि भई ४७१ रुपैयाँ पुगेको छ ।
यसका साथै, सामुदायिक लघुवित्तको ९.४९ प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ६.७३ प्रतिशत, मायाखोला हाइड्रोपावरको ६.६८ र इष्टर्न हाइड्रोपावर सहित कुल १५१ कम्पनीको शेयरमूल्य बढेको छ ।