मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर बाँडफाँड सम्पन्न
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद साधारण शेयरको बाँडफाँड गरेको छ ।
कम्पनीले साउन ११ गतेसम्म तत्काल कायम शेयरधनीहरुको लागि १ कित्ता साधारण शेयर बराबर ०.३५ कित्ता शेयर १ः०.३५ को अनुपातमा १०० रुपैयाँ अंकित दरको १५ लाख ८२ हजार कित्ता हकप्रद साधारण शेयरको निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।
सो मध्ये रितपूर्वक आवेदन दिने ४ हजार ३२८ जना शेयरधनीहरुलाई १४ लाख ३९ हजार २२७ कित्ता हकप्रद शेयर असोज १२ गते धितोपत्र तथा बिक्री प्रबन्धक कम्पनी (मुक्तिनाथ क्यापिटल लिमिटेड)को सञ्चालक समितिले बाँडफाँड गरिसकेको छ ।
साथै, आफ्नो कायम हक भन्दा बढी माग गरी दरखास्त दिने आवेदकहरुको हकमा बाँडफाँडमा नपरेका हकप्रद शेयर बापतको रकम असोज १६ गते मंगलबार देखि आईपीएस मार्फत सम्बन्धित आवेदकहरुको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ । आवेदकलाई आफ्नो खातामा रकम जम्मा भए नभएका एकिन गर्न कम्पनीले आग्रह समेत गरेको छ ।