नबिल ब्यालेन्स्ड फण्ड २ को बुकक्लोज मिति तय
१५ आश्विन २०८०, सोमबार १०:०५
काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ । फण्डले असोज २६ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो ।
फण्डले करसहित ९.६ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो । असोज २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
फण्डको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने कोष प्रबद्र्धक नबिल बैंक लिमिटेड रहेको छ ।