सयपत्री हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

१४ आश्विन २०८०, आईतवार १५:१३

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३३ दशमलव २० अंकले घटेर १९७१ को विन्दुमा कायम भएको छ ।

शेयर बजार दोहोरो अंकले घटेतापनि सयपत्री हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेकोे छ । कम्पनीको शेयरमूल्य आज ३९ रुपैयाँले बृद्धि भएर ४२९ मा कारोबार भएको छ ।

यसका साथै, पिपल्स पावरको ६.७ प्रतिशत, कुमारी धनबृद्धि योजनाको ६.०५ प्रतिशत, बाराही हाइड्रोपावरको ५.९५ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ५.९३ प्रतिशत लगायत जम्मा १० कम्पनीको मात्र शेयरमूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*