रिचेत जलविद्युतले करिब १२ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन
१४ आश्विन २०८०, आईतवार १२:४४
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आईपीओ निष्काशनको अनुमतिको लागि थप एक कम्पनीले निवेदन दिएको छ । रिचेत जलविद्युत कम्पनी आइपीओ निष्काशनका लागि भदौ २९ गते बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले ११ लाख ७६ हजार ४५० कित्ता आइपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।