सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
१४ आश्विन २०८०, आईतवार १०:१५
काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसकारण आज असोज १४ गतेसम्म कायम शेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश पाउने छन् ।
बैंकले असोज २६ गते १७औं वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा काठमाडौंको डिल्लीबजार स्थित अमृतभोगमा गर्ने कम्पनीले जनाएको छ । सभा विहान ११ बजे गनेृ कम्पनीको भनाई छ । कम्पनीको असोज ४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ दशमलव ७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।