स्वेच्छिक अवकाश योजना लिएर हिमालयन लाइफबाट बाहिरिए उच्च व्यवस्थापक विपिन

१२ आश्विन २०८०, शुक्रबार १७:००

काठमाडौ । हिमालयन लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल बाहिरिएका छन् । कम्पनीभित्रको आन्तरिक द्धन्द्धको कारण उनले स्वेच्छिक अवकाश योजना रोजेर बाहिरिएका हुन् ।

उनले असोज ५ गतेदेखि लागू हुने गरी स्वेच्छिक अवकाश योजना लिएर बाहिरिसकेका छन् ।

तीन कम्पनी मिलेर बनेको हिमालयन लाइफका नायब प्रमुख कार्यकारी अधिकृत मर्जरअघि गुराँस लाइफका सिईओ थिए ।

एलआईसी नेपालबाट गुराँस लाइफमा प्रवेश गरेको उनले कम्पनीमा राम्रो पर्फमेन्स नदिएको भन्दै बोर्डमा समेत गुनासो उठेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*