नेपालका १६ ठूला व्यापारिक घरानालाई देशबाट लखेट्ने दुर्गा प्रसाईको घोषणा
काठमाडौं । झापाका व्यवसायी दुर्गा प्रसाईले देशका १६ वटा ठूला व्यापारिक घरानालाई दशैंपछि देशबाट लखेट्ने घोषणा गरेका छन् । हिजो प्राइम टाइम्स टेलिभिजन टेलिभिजनमा प्रशारित अन्तर्वार्तामा दशैंपछि नेपालका १६ वटा ठूला व्यापारिक घरानाले देश बर्बाद पारेकोले देशबाटै लखेट्ने घोषणा गरेका हुन् ।
प्रसाईले अराजक तरिकाले यो देशको औद्योगिकीकरणमा योगदान पुर्याउने मारवाडी समुदायमाथि लाञ्छना लगाउँदै मारवाडी समुदायले बिचौलिया, भ्रष्टाचार सेटिङ मात्रै गर्न सिकाएको आरोप समेत लगाएका थिए । सिबिफिनका अध्यक्ष पवन गोल्यान र दुर्गा प्रसाई बीच भएको बहसमा पटक पटक प्रसाईले मारवाडी समुदाय सबैभन्दा बढि भ्रष्टाचार भएको आरोप समेत लगाए ।
प्रसाईले यो देशका १६ मारवाडी र १० गैर मारवाडी समुदायको समुहले देश बर्वाद पारेकोले हरेक दिन विहान नेपाली युवाहरु झोला बोकेर विदेशिन बाध्य भएको आरोप लगाए ।
यसअघि बैंक तथा वित्तीय संस्थाहरुका विरुद्धमा देशव्यापी अभियान र काठमाडौं केन्द्रीत विशाल आन्दोलन गरेका प्रसाईले आफ्ना समुदायका युवाहरुको भविष्यको लागि देश लुट्ने ठूला व्यवसायिक घरानाहरुलाई देश निकाला गर्ने अप्रिय निर्णय गर्न लागेको सुनाएका थिए । सो कार्यक्रम प्राइम टाइम्स टेलिभिजनमा हिजो प्रशारण भएको थियो ।