अनलाइन स्पेसलाई सुरक्षित र भरपर्दो बनाउन आवश्यक नीति बनाउनु पर्ने आवश्यकता रहेको छः मन्त्री शर्मा

११ आश्विन २०८०, बिहीबार १७:२३

काठमाडौं । सार्वजनिक निकायमा रहेका सार्वजनिक सरोकारका र आफूसँग सम्बन्धित व्यक्तिगत सरोकारका सूचना माग्ने र पाउने नागरिकको मौलिक हकको रूपमा नेपालको संविधानको धारा २७ मा व्यवस्था गरिएको छ ।

सोही व्यवस्थाको कार्यान्वयनको लागि सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा रहेको छ । विश्वव्यापीरूपमा सूचनाको हकसम्बन्धी अधिकारलाई प्रभावकारी बनाउन संयुक्त राष्ट्रसंघले सेप्टेम्बर, २८ लाई सूचनामा सर्वव्यापी पहुँच सम्बन्धी अन्तर्राष्ट्रिय दिवस घोषणा गरी यस वर्ष तय गरेको अनलाइन स्पेस र सूचनाको हक अवसर र चुनौती विषयक गोष्ठी डिजिटल राइट्स नेपालसँगको सहकार्यमा सम्पन्न भएको छ ।

यस दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमको अध्यक्षता राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरूङ्गले गरेका थिए । प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा रहेकी थिइन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि रेखा शर्माले अनलाइन स्पेसलाई सुरक्षित र भरपर्दो बनाउन आवश्यक नीति बनाउनु पर्ने आवश्यकता रहेको र अनलाइनबाटै सूचना माग गर्ने अवस्थाले सार्वजनिक निकायमा सूचना माग गर्न सहज हुने धारणा राखिन् । गोष्ठीको अध्यक्षता गर्नु भएका प्रमुख सूचना आयुक्तले कार्यक्रममा सहभागीबाट उठेका जिज्ञासालाई सम्बोधन गर्दै सूचनाको हकलाई अनलाइन सिष्टममा लान सकिएमा सूचनामा पहुँच र अझ उपलब्धिमूलक बनाउन सकिने धारणा राखे ।

कार्यपत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्त, सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवा र राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले टिप्पणी गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*