धितोपत्र बोर्ड र नेप्सेको जुहारी, बोर्डको स्पष्टीकरणप्रति नेप्सेमा अन्योल
काठमाडौं । नेपाल धितोपत्र बोर्डको स्पष्टिकरणप्रति नेप्सेमा अन्योलता उत्पन्न भएको छ। बोर्डले सोधेको स्पष्टीकरणको जवाफ कसले दिने भनेर अन्यौलता सुरु भएको हो । केहीले यसलाई धितोपत्र र नेप्सेबीचको जुहारीको चर्चा गरेका छन्।
यसअघि पनि यी धितोपत्र बोर्ड र नेप्सेबीच जुहारी नचलेको भने हैन । यसपटक भने बोर्डका रमेश हमालले तीन दिने सपष्टिकरण सोधेको छ । नेप्सेको उत्तरको पखाईमा रहेको बोर्डले चित्त बुझदो जवाफ नआए कारवाही गर्ने तयारी समेत गरेको छ।
धितोपत्र बोर्डले नेप्सेलाई तीन दिन सोधेको थियो । नेप्सेको सिईओ विदेश रहेको कारण उक्त पत्र भने खोलेको छैन ।
सिइओ कार्की वल्ड फेडेरेसन अफ एक्सचेन्जले आयोजना गरेको कार्यक्रम बर्मुडामा सहभागी हुन गएका छन् । नेप्सेका सिईओ कार्यक्रम सकिएर यसै साता नेपाल फर्कने तयारीमा रहेका छन् ।धितोपत्र बोर्डको असोज २ गते बसेको संचालक समितिको बैठकले नेप्सेलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
असोज ७ गते जरुरी लेखिएको खाममा बोर्डबाट पत्र नेप्सेले सिईओ विदेशमा रहेको कारण खोलेको छैन । समयअवधि भने सकिसकेको छ।
नेप्सेका सिईओ हाल विदेशमा रहेको कारण उनी कार्यालय नआँउदासम्म उक्त पत्र नखोल्ने नेप्सेका उच्च अधिकारीहरु बताँउछन् ।
शेयर लगानीकर्ताको सम्पूर्ण विवरण वाईको नामको निजि कम्पनीको हातमा पुगेको भन्दै बोर्डले नेप्सेलाई स्पष्टिकरण सोधेको हो ।