हिमस्टार उर्जा कम्पनीले आइपीओ निष्काशन प्रस्ताव पारित गर्न बोलायो साधारण सभा
११ आश्विन २०८०, बिहीबार १०:१९
काठमाडौँ । हिमस्टार उर्जा कम्पनीले आइपीओ निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको निर्णयले साधारण सभा आह्वान गरेको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौं महानगरपालिका–७ मा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
साथै सभाले आर्थिक वर्ष २०७९।८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरि पारित गर्नुका साथै आर्थिक वर्ष २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत रहेको छ ।