सनराइज क्यापिटलको ३० प्रतिशत नगद लाभांश पारित

१० आश्विन २०८०, बुधबार १८:३०

सनराइज क्यापिटल लिमिटेडले ३० प्रतिशत नगद लाभांश पारित गर्दै १३ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ ।

वार्षिक साधारणसभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आव २०७९र८० को वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण प्रस्ताव पारित गरियो तथा आव २०८०र८१ को लेखापरीक्षण कार्य सम्पन्न गर्न लेखापरीक्षकको नियुक्ति विशेष साधारणसभाबाट गर्ने निर्णय गरियो ।

साथै, आव २०७९र८० को मुनाफाबाट आफ्ना सेयरहोल्डरहरुलाई ३० प्रतिशत ९करसहित० नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरियो । सनराइज क्यापिटलले विगत ६ वर्षमा १५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ ।

कम्पनीले वर्तमान समयमा आफ्नो इन्भेष्टमेन्ट बैंकिङअन्तर्गत सेवा विस्तारलाई बलियो र गुणस्तर बनाउँदै गएकोमा हालको मिति सम्म ३११ करोड बराबरको तीनवटा म्युचुअल फण्ड संचालन गर्दै आइरहेको र उक्त म्युचुअल फन्ड मध्य सनराइज फस्र्ट म्युचुअलले आफ्ना चौथौ सञ्चालन वर्ष सम्म ८५ प्रतिशत ९करसहित० नगद लाभांश लगानीकर्तालाई वितरण गरिसकेको छ।

साथै, यस कम्पनीले पोर्टफोलियो व्यवस्थापन सेवाअन्तर्गत २ सयभन्दा बढी ग्राहकको ५० करोडभन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गर्दै उक्त ग्राहकहरुको लागानी उद्देश्य पूरा गर्न सक्षम व्यवस्थापकको रुपमा स्थापित भएको छ ।

उक्त वार्षिक साधारणसभामा विशेष प्रस्तावका रुपमा रहेको सन्राईज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल लिमिटेड एक आपसमा गाभ्ने गाभिनेसम्बन्धमा सम्पूर्ण प्रक्रिया पूरा गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*