सनराईज क्यापिटलको १३औं वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित

१० आश्विन २०८०, बुधबार १७:३९

काठमाडौं । लक्ष्मी सनराईज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सचालित सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा आज बुधवारका दिन आफ्नै कार्यालय भवन, कमलपोखरी काठमाडौंमा भब्यताका साथ सम्पन्न गरेको छ ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आव २०७९।०८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण प्रस्ताव तथा आव २०८०।०८१ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखापरिक्षकको नियुक्ती विशेष साधारण सभाबाट पारित भएको छ ।

साथै, आव २०७९।०८० को मुनाफाबाट आफ्ना शेयरहोल्डरहरुलाई ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सनराईज क्यापिटलले विगत ६ वर्षमा १५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*