सिटिजन लाइफको आईपीओ सूचीकृत, आइतबार कारोबारमा आउने, कति पायो ओपनिङ रेन्ज ?
१० आश्विन २०८०, बुधबार १५:३३
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको आईपीओ सुचीकृत भएको छ । आज सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ सूचीकृत भएको हो ।
कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले तीन करोड ७५ लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको छ । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि १७२ रुपैयाँ ४३ पैसा देखि ५१७ रुपैयाँ २९ पैसाको ओपनिङ रेन्ज प्रदान गरेको छ ।
कुनै पनि कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनदेखि कारोबारमा आउने गर्दछ । भोलि इन्द्र जात्राका कारण नेप्से बन्द रहने भएकोले आईतबारदेखि दोस्रो बजारमा कम्पनीको आईपीओ कारोबारमा आउने भएको छ ।