भोलि उपत्यकामा सार्वजनिक विदा, बीमा, बैंकसहित नेप्से बन्द

१० आश्विन २०८०, बुधबार १४:२७

काठमाडौं । काठमाडौं उपत्यकामा भोलि सार्वजनिक विदा रहेको छ । उपत्यकामा भोलि इन्द्र जात्रा भएकोे कारण सार्वजनिक विदा दिएको हो । सरकारले विगत देखि नै यस पर्वमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिदै आएको छ ।

उपत्यकामा सार्वजनिक विदा भएसँगै बीमा कम्पनी, बैंक तथा नेपाल स्टक एक्सचेन्ज (नेप्से) भोलि अर्थात असोज ११ गते बन्द रहने भएका छन् । बैंक र बीमा कम्पनीका चाँही उपत्यका बाहिर रहेका शाखा कार्यालयहरु खुल्ला रहने छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*