नेप्से ७४ अंकले बढ्दा सबै समूहमा हरियाली छायो, तीन कम्पनीको सर्किट लेभलमा कारोबार

२७ असार २०७८, आईतवार १५:१२

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से ७४ अंकले बढेको छ । आज नेप्से परिसूचक ७४.७१ अंकले बढेर २८९९.८२ विन्दुमा कायम भएको छ ।

आज २२५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार ४९६.३९ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेको १३ उपसूचक मध्ये आज सबै समूहमा हरियाली छाएको छ । आज सर्वाधि जीवन बीमा समूहमा ४९८.२ अंकले कारोबार भएको छ । लगत्तै निर्जीबन बीमा समूहमा ३५५.२६ अंक र विकास बैंक समूहमा २५५.२२ अंकले बढेको हो ।

त्यस्तै आज एआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको आज ३९ करोड ९६ लाख ११ हजार ५९५ रुपैयाँको कारोबार भई सर्वाधिक कारोबार गर्न सफल भएको हो ।

त्यस्तै सर्वाधिक कमाउने कम्पनीमा आज गुर्खाज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र आइसीएफसी फाइनान्स रहेको छ । यी तीन कम्पनीको आज सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै आज सर्वाधिक गुमाउने कम्पनीमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*