सगरमाथा जलविद्युतका सञ्चालक गुरागाईको राजिनामा स्वीकृत

१० आश्विन २०८०, बुधबार ११:२४

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडका सञ्चालक रुपमा प्रतिनिधित्व गरिरहेका श्रीजेश गुरागाईले पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई असोज ७ गते राजिनामा दिएका थिए ।

कम्पनीको सञ्चालक समितिको असोज ९ गते बसेको बैठकले सञ्चालक गुरागाईको राजिनामा स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*