हिमालयन लाइफको व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा छुट
१० आश्विन २०८०, बुधबार १०:५३
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको व्यतित बीमालेख नवीकरण गर्दा बिलम्व शुल्कमा २५ देखि शतप्रतिशतसम्म छुट पाइने भएको छ ।
कम्पनीका बीमालेखहरुको नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्ने मिति बाट ३ वर्ष, ३ वर्षदेखि ७ वा सो भन्दा बढि समयदेखि व्यतित भई पुनर्जागरणको लागि तोकिएको प्रक्रिया पुरा गर्नुपर्ने गरि व्यतित भएका बीमालेखहरुलाई यही असोज १० गतेदेखि असोज २६ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरि सुचारु गरेमा बीमालेख नवीकरण शुल्कमा लाग्ने बिलम्व शुल्कमा छुट दिने भएको हो ।
कम्पनीले ३ वर्ष सम्म व्यतित भएका बीमालेखहरुमा शतप्रतिशत, ३ वर्ष देखि ७ वर्षसम्म व्यतित भएका बीमालेखहरुमा ५० प्रतिशत र ७ वर्ष भन्दा माथि व्यतित भएका बीमालेखहरुमा २५ प्रतिशतसम्म छुट दिने कम्पनीले जनाएको छ ।