सूमेरु अस्पतालमा दुई परिवारबीच सफल मृगौला प्रत्यारोपण
काठमाडौं । हाल विश्वभर मृगौला प्रत्यारोपणमा देखिएको एउटा प्रमुख चुनौती भनेको दाताको अभाव हो । मुलुकको मौजुदा कानुनले नजिकको नातेदारले मात्र मृगौला दान गर्न सक्ने व्यबस्था गरेकोले मृगौला दान गर्न इच्छुक आफन्त र मृगौला फेर्नुपर्ने अवस्थामा पुगेका बिरामीबीच मृगौला आदानप्रदान गर्न नमिल्ने (म्याच नगर्ने) समस्या देखिएको छ ।
थप सुविधाका लागि कानुनले मृगौला पिडीत दुई परिवारकोबीच मृगौला आदानप्रदान गर्ने सहमति भएको खण्डमा सो समेत गर्न सकिने व्यबस्था र सुबिधा बारे धेरै बिरामी तथा परिवारजनलाई जानकारी नहुने र भएको खण्डमा समेत मिल्दो अवस्था सृजना नहुने देखिएको छ ।
सुमेरु अस्पताल प्रा.लि धापाखेलमा असोज ३ गते बुधवारका दिन दुई परिवारबीच मृगौला साटासाट गरी सफलतापुर्वक प्रत्यारोपण गरिएको छ । यसबाट लाभान्वित बिरामी र परिवारजनलाई हामी यस अस्पतालको तर्फबाट बधाई ज्ञापन गरेको छ । यसप्रकार एकै पटक चारजना ब्यतिmको सल्यक्रिया गर्नु निकै चुनौतिपूर्ण कार्य हो ।
यसअघि आफु कार्यरत रहेको अस्पताल शहिद धर्मभत राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विभागीय प्रमुख रहेका बेला यस प्रकारका धेरै प्रत्यारोपण गर्नुभएका अनुभवी ट्रान्सप्लान्ट सर्जन तथा बरिष्ट युरोलोजिष्ट डा. विजय मान सिंह कटवालको नेतृत्व र सिनियर सर्जन डा.डि.भि. कार्की, डा. किरण प्रसाद श्रेष्ठ , डा. जियाउल हक ,नेफ्रोलोजिष्ट तथा ट्रान्सप्लान्ट फिजिसियन डा. ललित कुमार यादव र डा. सुमित आचार्य लगायत डा. महालक्ष्मी देउजा,डा.एजेलिया अमात्य र डा. कुमार श्रेष्ठ समेतकोे टिमले यो प्रत्यारोपण सम्पन्न गरेको हो ।