नेप्सेद्धारा सूचीकृत कम्पनीहरुलाई नवीकरण शुल्क बुझाउन आग्रह, समयमै नबुझाए जरिवाना र सूचीकरण स्थगन हुने

९ आश्विन २०८०, मंगलवार १४:५७

काठमाडौं।नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले सूचिकृत कम्पनीहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सेले यस आर्थिक वर्षको धितोपत्रको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

आर्थिक वर्ष २०८०–८१को नवीकरण शुल्क बुझाउन असोज मसान्तसम्मको समय अवधि थप गरेको जानकारी गराएको छ।

तोकिएको समयभित्र नवीकरण शुल्क नबुझाएर नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने र धितोपत्र सूचीकरण विनियमावली, २०७५को विनियम १६ बमोजिम सूचीकरण स्थगन गर्न पनि सकिने नेप्सेले चेतावनी दिएको छ।

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ५० करोड रुपैयाँसम्मको चुक्तापुँजी भएकाले वार्षिक ५० हजार नवीकरण शुल्क तिर्नुपर्छ । ५० लाख रुपैयाँभन्दा माथि चुक्तापुँजी भएका कम्पनीले भने वार्षिक १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने प्रावधान रहेको छ।

यसैगरी डिबेन्चर र म्युचुअल फन्डहरुले आकारको हिसाबले ५० करोड रुपैयाँसम्मकाले वार्षिक २५ हजार रुपैयाँ र ५० करोड रुपैयाँ माथिकाले वार्षिक ५० हजार रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने हुन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*