दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम दुई अर्ब माथि
९ आश्विन २०८०, मंगलवार १५:०६
काठकाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १८ अंकले बढेर २०२२ को विन्दुमा कायम भएको छ ।
आज ८७ लाख ४ हजार ४७७ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३८ लाख बराबरको कारोबार भएको छ । १९० कम्पनीको शेयरमूल्य बढ्दा ३९ कम्पनीहरुको घटेको छ ।
मंगलबार नेप्से बढेसँगै १२ उपसूचकमा हरियाली छाएको छ । आज एकमात्र होटल तथा पर्यटन उपसूचक प्रतिशतले घटेको छ । आज हाइड्रोपावर उपसूचक सर्वाधिक ३.०९ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स उपसूचक १.४४, जीवन बीमा उपसूचक १.२५, माइक्रोफाइनान्स उपसूचक १.१७, इन्भेष्टमेन्ट उपसूचक १.११ प्रतिशतले बढेको छ ।