बैदेशिक रोजगारका क्रममा अपांग भएका ठाकुरलाई सन नेपाल लाइफद्वारा दाबी भुक्तानी
९ आश्विन २०८०, मंगलवार १३:५१
काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बैदेशिक रोजगारका क्रममा अपांग भएका रौतहट बौधीमाई नगरपालिका वडा नं. ९ का रामविश्वास ठाकुरलाई स्थाई अशक्त अपांग दाबी भुक्तानी दिएको छ ।
कम्पनीको वीरगंज शाखाका शाखा प्रमुख प्रबन्धक राम प्रसादले बीमितको घरमै गएर एक कार्यक्रमको आयोजना गरी चेक हस्तान्तरण गरेका हुन् ।
उक्त दाबी भुक्तानी कार्यक्रममा सोही वडाका वडाध्यक्ष, प्रहरी चौकी बंकुलका सई तथा स्थानीय भद्रभलाद्मी सहित अभिकर्ता तथा मार्केटिङ म्यानेजर र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सन नेपाल लाईफ इन्स्योरेन्स कं. लि. द्वारा राैतहट जिल्ला बाैधीमाई न. पा. वडा नं.-९ सरमुजवामा वस्ने रामविश्वास ठाकुरलाई वैदेशिक राेजगार म्यादी जीवन बीमा वापतकाे स्थाई अशक्त अपांग दाबी भुक्तानी बापत रु ६०००००/- छव लाख मात्र काे चेक साेहि वडाकाे वडाध्यक्ष ज्यु, प्रहरी चाैकी बंकुलका असई ज्यु, घरपरिवारका सदस्यहरु तथा स्थानीय भरभलादमी ज्युहरुकाे राेहबरमा बिरगंज शाखाका शाखा प्रबन्धक श्रीराम प्रसाद सर द्वारा निज व्यक्तिलाई निजकाे घरमा पुगि चेक हस्तान्तरण गरियो । साे कार्यक्रममा स्थानीय जनताहरु, स्थानीय भरभलादमी ज्युहरु, साे वडाका वडा प्रतिनिधि ज्युहरु, प्रहरी प्रशासन का साथै कम्पनी का अभिकर्ता, मार्केटिङ म्यानेजर र कर्मचारी काे उपस्थिति रहेकाे थियाे ।