घरजग्गा बेच्न चाहनुहुन्छ ? नेपाल लाइफ इन्स्योरेन्सले यी स्थानको घरजग्गा खरिद गर्ने
९ आश्विन २०८०, मंगलवार १३:०२
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले केन्द्रीय कार्यालय भवनका लागि घरजग्गा खरिद गर्न लागेको हो ।
कम्पनीले काठमाडौंको लाजिम्पाट, बालुवाटार, पुतलीसडक, विशालनगर, कमलादी, कमलपोखरी, थापाथली, नयाँ बानेश्वर, पुरानो बानेश्वर, दरबारमार्ग, नक्साल, पाटन, गहनापोखरी, टंगाल, महाराजगंज, भाटभटेनी क्षेत्रमा घर तथा जग्गा खरिद गर्ने जनाएको छ ।
घरजग्गा बिक्री गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाले २१ दिनभित्र केन्द्रिय कार्यालय कमलादी काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् । कम्पनीले खरिद गर्न लागेको घरजग्गा करिब ८ मिटरको मुल सडकसँग जोडिएको हुनु पर्ने जनाएको छ ।