चिरख्वा हाइड्रोपावरको पहिलो चरणको आईपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

९ आश्विन २०८०, मंगलवार ११:०६

काठमाडौं । चिरख्वा हाइड्रोपाव लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँड गरेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ४० करोडको ३० प्रतिशतले हुन आउने बाह्र करोड रकम बराबर प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर मध्ये जारी पूँजीको १० प्रतिशतले हुन आउने ४ करोड रकमको १०० रुपैयाँ अंकित दरले ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाको लागि निष्काशन गरेको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुरको साविक नेपालेडाँडा, कुदाककाउले, खार्तम्छा गाविसका हाल परिवर्तित षडानन्द नगरपालिका वडा नं. १, २, ३, ४, ५ र ६ मा स्थायी बसोबास गर्ने स्थानीय बासिन्दाको लागि साउन २८ गतेदेखि भदौ २५ गतेसम्म बिक्री खुला गरेको थियो ।

उक्त अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकलाई ४ लाख कित्ता साधारण शेयरहरु निष्काशन कम्पनीको सञ्चालक समितिले असोज ८ गते सोमबार बाँडफाँड गरेको हो । शेयर बाँडफाँड सम्बन्धी विवरण धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेवसाइट http://www.rbbmbl.com.np बाट हेर्न सकिन्छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट लिमिटेड रहेको छ ।

साथै बाँडफाँडमा नपरेका शेयर वापतको रकम असोज ९ गते मंलगबारदेखि सम्बन्धित आवेदकहरुले दरखास्त फाराममा उल्लेख गरेको बैंक खातामा रकमान्तर गर्ने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ । आवेदकलाई आफ्नो खातामा रकम जम्मा भए नभएको एकिन गर्नसमेत आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*