अबदेखि निःशुल्क नयाँ कम्पनी दर्ता गर्न सकिने
९ आश्विन २०८०, मंगलवार १०:१७
काठमाडौं । नयाँ कम्पनी अब निःशुल्क दर्ता गर्न सकिने भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी कम्पनी दर्ता र पूँजी बृद्धि गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी बृद्धिको व्यवस्था कार्यान्वयनमा आएको हो राजपत्रअनुसार कम्पनी ऐन २०६३ को दफा ५ बमोजिम प्राइभेट लिमिटेड कम्पनी तथा पब्लिक लिमिटेड कम्पनी दर्ता गर्दा अब कुनै शुल्क लाग्ने छैन ।
सरकारले युवालाई उद्योग खोल्न प्रोत्साहन गर्ने उद्देश्यले बजेटमार्फत यस्तो व्यवस्था गरेको हो । नवप्रर्वतनात्मक र सूचना प्रविधिमा आधारित कम्पनी स्थापना गर्न युवाहरुलाई कठिन नहोस् भनेर यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।